बलिउडकै महंगो विवाह गर्दै दिपिका-रणवीर

एजेन्सी । निकै लामो समयदेखि बिटाउनमा बलिउडका प्रेमी जोडी दिपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाँधिने खबरहरु आइरहेको थियो । तर विवाहबारे दुईजनाले कुनै पनि औपचारिक बयान भने दिएका थिएनन् । तर हालै दिपिका र रणवीरले आफ्ना फ्यानहरुका लागि औपचारिकरुपमा बन्धनमा बाँधिने खबर दिएका छन् ।

केही समय अघि यी दुई श्रीलंका छुट्टी मनाउन गएको समयमा परिवारजनहरुका साथमा त्यहीँ एंगेजमेन्ट गरेको खबर आएको थियो । हालै आएको खबर अनुसार यी जोडी पनि अनुष्का शर्मा र विराट कोहलीले जस्तै इटलीको कोमो लेकमा विवाह गर्दैछन् ।

फिल्मफेयरको खबर अनुसार यी दुईले आफ्नो विवाहको लागि २० नोभेम्बरको मिति तय गरेका छन् । यो जानकारी रणवीर र दिपिकाको निकट जानकारबाट प्राप्त भएको हो । विवाहमा दुईजनाका विशेष साथी र आफन्तजनहरु मात्र उपस्थित हुने बताइएको छ ।

विवाहमा करिब २० जना मानिसहरु सहभागी हुने अपेक्षा गरिएको छ । विवाह दुवैको फेवरेट इटलीमा हुने बताइएको छ । विवाहपछि भारतमा रिसेप्शन दिने जुन मुम्बाई र गृहनगर बेंगलोरमा आयोजना गरिने बताइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु