लगातार १०० घण्टा बोलेर नयाँ विश्व कीर्तिमानको तयारीमा अनन्तराम केसी

काठमाडौं । सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन्– अनन्तराम केसी । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीको गोकर्णेश्वर–५ स्थित इस्टपोल स्कुलमा शुरु हुनेछ ।

केसीलाई शुभकामना दिन राजधानीमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले केसीको अभियान राष्ट्रिय स्वाभिमानसँग जोडिएकाले सबैले उनलाई तन मन र धनले सहयोग गर्नुपर्ने बताए । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी, प्रदेश सांसद छिरिङ दोर्जे लामा, नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, मानव अधिकार तथा शान्ति समाजका पूर्व सभापति होमकान्त चौलागाई, राजनीतिक विश्लेषक डाक्टर विष्णु दाहाल, गोकर्णेश्वर नगरपालिका–५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी, शिक्षाविद् ईश्वर सापकोटा लगायतका वक्ताहरुले केसीको अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्नेछ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएपनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारत केरेलाका केपी भाल साराजानको नाममा लगातार ८१ घण्टा १६ मिनेट बोलेको रेकर्ड छ । यस विश्व कीर्तिमाान अभियानको संयोजन न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहेका सामाजिक अभियन्ता कुमार राज सुवेदीले गरिहेका छन्

Comments

comments

सम्बन्धित शिर्षकहरु