नोबेल शान्ती पुरस्कार विजेता,संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

काठमाडौं । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोबेल शान्ती पुरस्कार विजेता कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ । अन्नानको शनिबार अकस्मात प्रतिकुल स्वास्थ्यका कारण निधन भएको उनको नाममा रहेको फाउण्डेशनले जानकारी दिएको हो ।

अफ्रिकन मुलुकबाट पहिलोपटक सन् १९९७ देखी २००६ सम्म दुई कार्यकाल संयुक्त राष्ट्रसंघका महासचिव पदमा बसेर उनले प्रतिनिधित्व गरेका थिए । सिरिया युद्धमा शान्ती स्थापनाको लागि विशेष भुमिका पुयाएवापत उनले सन् २००१ मा नोबेल शान्ती पुरस्कार पाएका थिए ।

अन्नान र नेपाललको सम्वन्ध:
अन्नान मार्च २००१ मा नेपाल आएका थिए । नेपाल भ्रमणको क्रममा अन्नानले स्वर्गीय राजा वीरेन्द्रसँग भेटवार्ता गरेका थिए । उक्त समयमा नेपालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र चक्र बाँस्तोला परराष्ट्रमन्त्री थिए ।
नेपालको १० वर्ष द्वन्द्व र उनको राष्ट्रसंघको कार्यकाल लगभग एकै समय परेको थियो ।अन्नानले शान्ति प्रक्रिया शुरु गर्नका लागि ‘ल्याक्डर ब्राहिमी’ लाई समेत नेपाल पठाएका थिए ।

अन्नानकै कार्यकालमा नेपालमा संयुक्त राष्ट्रसंघ शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को कार्यालय स्थापना भएको हो । उनी रोहिंग्या समस्या समाधानको लागि गठन गरिएको आयोगको अध्यक्ष समेत हुन् । समाज सेवाका लागि उनले ‘कोफी अन्नान फाउन्डेशन’ समेत गठन गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु