केरेलाको भिषण बाढी पहिरोमा परी मर्नेको संख्या ३ सय ४० नाघ्यो

दक्षिण भारत । दक्षिण भारतको केरेला राज्यमा  बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय ४२ पुगेको छ ।  केरेलाको कासरगोड बाहेक सबै जिल्लामा  राज्य सरकारले रेड अर्लट जारी गरेको छ ।  मौसम विभागले १३ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ ।

केरेलाका मुख्यमन्त्री पिनराई विजयनले बाढी पहिरो प्रभावितका लागि उद्धार र राहतको  कार्य भइरहेको बताउनुभएको छ । सरकारद्वारा बनाइएका शिविरमा करीब २ लाख मानिसले शरण लिइरहेको भारतीय सञ्चारमाध्मले उल्लेख गरेका छन् ।

हेलिकप्टर तथा डुङ्गाको सहायतामा उद्धार जारी छ । मौसम विभागले अझै केहीदिन भारी वर्षा हुने भन्दै सतर्क रहन  र सुरक्षित स्थानमा जान सर्वसाधारणमा अपिल समेत गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु