समाजसेवी गुरुङलाई ‘जनआकाश जनसेवा’ सम्मान

काठमाडौं ।  वरिष्ठ समाजसेवी पशुपति गुरुङ ‘जनआकाश जनसेवा सम्मान–२०७५’ सम्मानित भएकी छिन् । २२ वर्ष प्रवासमा बसेर नेपाल फर्किएकी र नेपालमा आएर संस्कार समाज नेपाल नामको संस्था संचालन गरी समाजसेवाका विभिन्न आयामहरु अगाडि बढाईरहेकी गुरुङलाई जनआकाश राष्ट्रिय साप्ताहिकले आफ्नो ११ औं वार्षिकोत्सवका अवसर पारेर समाजसेवी गुरुङलाई ‘जनआकाश जनसेवा सम्मान–२०७५’ द्वारा सम्मानित गरेको हो ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सी.पी. मैनालीले सम्मान पत्रद्वारा गुरुङलाई सम्मान गरेका हुन । गुरुङले संस्कार समाज नेपाल मार्फत विगत एक वर्षदेखि नियमित सरसफाई तथा जनचेतनामूलक कार्यक्रम, स्कूल स्कूलमा असल संस्कार, टोल टोलमा असल संस्कार, मनमनमा असल संस्कार लगायतका कार्यक्रमहरु संचालन गर्दै आएकी छिन् । असल संस्कार नै समृद्धिको आधार हो भन्ने मूल नारालाई आत्मसाथ गरेर समाजसेवाको क्षेत्रमा क्रियाशील भएकी गुरुङ यस अघि पनि आधा दर्जन भन्दा बढी संघसंस्थाहरुबाट सम्मानित तथा अभिनन्दित भईसकेकी छिन् ।

समाजसेवी गुरुङसंगै जनआकाश जनसेवा सम्मान–२०७५बाट योगेन्द्रकुमार कार्की, प्रा.डा. सुरेन्द्र के.सी., कामिनी राजभण्डारी, अशोक शेरचन, अनुपमा खुञ्जेली, रोशनकुमार न्यौपाने र रङ्गदान तामाङ सम्माति भएका छन् ।
त्यस्तै जनआकाश साहित्य सम्मान–२०७५ बाट प्राज्ञ उन्नती बोहोरा ‘शीला’ र जलेश्वरी श्रेष्ठ, जनआकाश खेलकुद सम्मान–२०७५ बाट हरिशरण के.सी. (हुस), जनआकाश संगीत सम्मान–२०७५ प्रकाश कटुवाल, जनआकाश चलचित्र सम्मान–२०७५ बाट माधवराज खरेल, जनआकाश कलाकारिता सम्मान–२०७५ बाट सुशान्त कार्की, जनआकाश पत्रकारिता सम्मान–२०७५ बाट नवराज श्रेष्ठ सम्मानित भएका छन् ।
कार्यक्रम पत्रिकाका प्रधान सम्पादक मोहन कार्कीको सभापतित्व र प्रकाश समीरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु