कर्णेल गद्दफी निकट ४५ कैदीलाई मृत्युदण्ड दिने लिवियाली अदालतको फैसला

एजेन्स । लिवियाको एउटा अदालतले ४५ जना कैदीलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ । २०११ मा राजधानी त्रिपोलीमा भएको विद्रोहमा हत्या अपराध गरेको आरोपमा ती कैदीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

बुधबार त्यहाँको न्याय मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तीमा त्यस्तो बताइएको हो । तर मामिलाबारे अन्य विवरणहरु भने दिइएको छैन । तर एकजना सरकारी अधिकारीले उक्त मुद्दा पूर्व शासक कर्णैल मौमर गद्दाफी मारिनु अघि उनीप्रति बफादार फौजहरुले गरेको गैरकानुनी हत्यासँग सम्बन्धित रहेको बताइएका छन् ।

कम्तीमा २० जना मानिसहरु मारिएको त्यस मामिलामा ५४ जनालाई पाँच वर्षसम्म जेल सजाय दिइएको थियो जसमध्ये २२ जनाले भने सफाई पाएका छन् र बाँकी अन्यलाई गोली ठोकी मृत्युदण्ड दिने सजाय अदालतले सुनाएको छ ।

सुनुवाईको क्रममा प्रतिवादी वकील र अभियुक्तका आफन्तहरु उपस्थित थिए तर अभियुक्तहरु भने थिएनन् । अधिकारवादी समूह एमनेस्टी इन्टरनेश्नलले आफ्नो पछिल्लो वार्षीक प्रतिवेदनमा लिवियाको अदालती प्रणालीलाई ‘असक्षम’ भनेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु