अनेसासको महासचिवमा घिमिरेको उम्वेद्वारी

असनेपालन्युज, सिड्नी । अनेसासको आसन्न केन्द्रीय पदाधिकारीहरूको निर्वाचनका लागि पर्थ च्याप्टरका पूर्व अध्यक्ष गणेश घिमिरेले उम्वेद्वारि दिएका छन्।अनेसासको केन्द्रीय सचिवको कार्यभार समेत सम्हालि सकेका घिमिरेले नेपाली भाषा साहित्यको प्रवर्द्दनमा यस अघि विभिन्न समितिमा रहि कार्य गर्दै आएका छन्। एन आर एन ए भाषा समितिमा समेत कार्यभार सम्हाल्दै आएका घिमिरे आफुले उम्वेद्वारी दिनुको पछाडि अब अनेसासलाई अझ व्यवस्थित र संस्थाको उद्देश्य बमोजमको प्रभावकारी रुपमा बिकास गर्न सम्पर्क कार्यालय, च्याप्टर(च्याप्टर बीच तथा केन्द्र र च्याप्टर बीचको बलियो सम्बन्ध, संस्थाको बिस्तार, प्रकाशन र वितरण, अनुवाद, नीतिगत पक्षमा देखिएका समस्या समाधान गर्न विधान संसोधन, पुरस्कारको व्यवस्थापन लगायतको क्षेत्रमा भाबी अध्यक्ष र कार्य समिति, ट्रष्टी तथा आजीवन सदस्य र अन्य संघ(संस्थाहरुसंग हातेमालो गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको बिकासमा आफ्नो प्रयास रहेको ब्यक्त गर्छन्।
पर्थमा अनेसासको सम्मेलनलाई सफलता पुर्वक सम्पन्न गर्ने , च्याप्टर सन्ख्या बढाउन सघाउ पुर्याउंने काममा लागेका उनि सदैब आफु साहित्यको प्रवर्द्दनमा दत्त चित्त भएर संस्न्थाको बिकासमा लाग्ने बताउंछन्। उनको घोषणा पत्रको विवरण यस्तो छ :
आदरणीय केन्द्रिय कमिटी, ट्रस्टी, च्याप्टर पदाधिकारी तथा आजीवन सदस्यज्यूहरु

हामी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको नया कार्य समिति (२०१८-२०२०) चयनको दैलोमा आइपुगेका छौ । यो चुनावले अनेसासको भाबी कार्यदिशा निर्धारण गर्ने छ । एउटा विशिष्ट उचाइ लिँदै क्रियाशील रहेको साहित्यिक संस्था अनेसास प्रबासमा रहेर पनि नेपाली भाषा, साहित्य, कला र सस्कृतिको क्षेत्रमा काम गर्ने सबैभन्दा ठुलो संस्था हो । विभिन्न च्याप्टर, ट्रस्टी तथा आजीवन सदस्य संसार भरि छरिएर बनेको अनेसासको केन्द्रिय कार्य समिति चयनको आफ्नै प्रजातान्त्रिक प्रक्रिया छ ।यो सर्वमान्य प्रक्रियामा सुझबुझका साथ सहभागी भई योग्य र सक्षम कार्य समिति चयन गर्नुहुन तपाइहरु सबैमा हार्दिक अनुरोध गर्दछु ।

अनेसासमा आफ्नै मूल्य मान्यता छन् र गर्विलो इतिहास छ । त्यसैले त यो साझा चौतारी संसार भरि साहित्यको छाता संगठन भएर झन(झन फैलिदै छ । सबैलाई ओत दिन सकेको छ । यसै बखत यहाँ सर्बसम्मतका कुराहरु पनि आएका छन् । यो निक्कै सह्रानीय प्रयास र काम हो। त्यसमा मेरो समेत प्रत्यक्ष सहभागिता र जोड थियो। तर सर्बसम्मत कसरी र कुन संरचनामा रु कसका लागि रु व्यक्तिगत फाइदा कि संस्थाको बृहत्तर बिकासका लागि रु मैले यो संस्थामा गफ, गाली गलौज गर्ने भन्दा काम गर्ने साहित्यिक जमात बढी पाएको छु । हो, एउटा साहित्यिक संस्था जहाँ हजार भन्दा बढी भोलेन्टियर सदस्यहरु छन् र संसारको कुना कुनामा व्यक्तिगत स्वार्थ बिना नै २७ बर्षे अनेसासको गर्विलो बिराशता मर्न नदिन हमेसा लागि परेका हस्तीहरु पनि छन् । त्यसैले सहमतिले ती सबै सदस्य र च्याप्टरहरुको प्रतिनिधित्व गर्नु पर्छ, होइन भने खराब प्रवृतिका लागि सहमति हुनुहुदैन भन्ने मेरो मान्यता हो ।

अब मेरो उम्मेदवारीको प्रसङ्ग तिर लागेँ । राम्रो कामलाई राम्रो भन्न हिम्मत नगर्ने तर नकारात्मक अलाप मात्र गाएर गोयबल्स प्रोपोगान्डाको खेती गर्ने प्रवृतिको बिरुद्दमा हो मेरो उम्मेदवारी। बर्तमान कार्य समितिले सय प्रतिशत ठिक गरेको छ गल्ति गरेकै छैन भन्ने होइन । काम गर्ने मान्छेले गल्ति गर्छ, हिड्ने मान्छे लड्छ । यो नौलो कुरा होइन । अनेसासको बर्तमान कार्य समितिले गर्दा गर्दै सम्पन्न गर्न नसकेका कामहरु धेरै छन् तर अहिले सम्म गरेका राम्रा कामहरुलाई हिलो छ्याप्ने प्रयास कदापी स्वीकार्य हुदैन । सिन्डिकेट भनेको के हो, यदि त्यस्तै हो रहेछ भने पनि आफुले पद पाउँदैमा सिन्डिकेट कसरी सकिएला ररु

अब आफ्नो ब्यस्त जीवनबाट पनि सामाजिक कामको लागि केहि फुर्सद निकालेर साहित्यिक सक्रियताको कुरो गर्दा मैले अनेसास पर्थ च्याप्टरको संस्थापक अध्यक्षको हैसियतले स्थापनाको छोटो समयमा नै मेरो कार्य समिति तथा अनेसास केन्द्र र सबैको सहयोगले पाँचौ विश्व सम्मेलन भव्यताका साथ पर्थमा सम्पन्न भयो । वर्तमान कार्य समितिको सचिवको हैसियतले विभिन्न रुपमा अनेसासको संस्थागत बिकास र बिस्तारमा लागि नै रहेको छु । केन्द्रका अध्यक्ष तथा कार्यसमितिको सहयोगमा विभिन्न च्याप्टरको स्थापना र निस्क्रिय च्याप्टरलाई बिउताउने काममा समेत सक्रिय छु ।

अब अनेसासलाई अझ व्यवस्थित र संस्थाको उद्देश्य बमोजमको प्रभावकारी रुपमा बिकास गर्न सम्पर्क कार्यालय, च्याप्टर(च्याप्टर बीच तथा केन्द्र र च्याप्टर बीचको बलियो सम्बन्ध, संस्थाको बिस्तार, प्रकाशन र वितरण, अनुवाद, नीतिगत पक्षमा देखिएका समस्या समाधान गर्न विधान संसोधन, पुरस्कारको व्यवस्थापन लगायतको क्षेत्रमा भाबी अध्यक्ष र कार्य समिति, ट्रष्टी तथा आजीवन सदस्य र अन्य संघ(संस्थाहरुसंग हातेमालो गर्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको बिकासमा मेरो प्रयास रहने छ । बिगतमा एनआरएनए अस्ट्रेलिया भाषा साहित्यको कोअर्डिनेटर भएर काम गरिसकेको साथै वर्तमान एनआरएनए आईसिसी भाषा साहित्य उपसमितिको सदस्यको रुपमा काम गरिरहेको अनुभबले पनि मलाई एनआरएनए लगायत अन्य संघसंस्थासँग सहकार्य गर्दै काम गर्न सजिलो हुनेछ ।

 

व्यक्तिगत रुपमा पनि म इमान्दारिता, नैतिकता तथा साहित्यको संस्थागत बिकासको पक्षपाती हुँ । हो, मेरो इतिहास हेरिदिनुस् । म बोलीमा भन्दा कामलाई भगवान ठान्छु । म यहाँहरुको एक(एक मतको अबमुल्यन हुन दिन्नँ । मलाई अनेसास केन्द्रीय कार्य समिति ९२०१८(२०२०० को महासचिव पदमा काम गर्ने अवसर प्रदान गर्न तपाँइ आजीवन सदस्यहरुले सक्नु हुने छ । मलाइ बिश्वास छ, यहाँहरु सबैको साथले नैतिकताको बिजय हुने छ ।

हार्दिक धन्यवाद सहितस्

गणेश घिमिरे
महा(सचिव उम्मेदवार
अनेसास केन्द्रीय कार्य समिति
(२०१८-२०२०)

इमेल: [email protected]
फोन: +61411329261

Comments

comments

सम्बन्धित शिर्षकहरु