यी हुन् भदौदेखि लागू हुने नयाँ ऐन,के-के भए परिर्वतन ? (सक्कलप्रति सहित)

काठमाडौं । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदैछ । ऐनमा भएका प्राविधिक त्रुटी र केही प्रावधान संशोधन गरेर भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा लैजाने तयारी अन्तिम चरणमा पुगेको छ ।

वि।सं। १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता)  ऐन र मुलुकी देवानी (कायएविधि)  संहिता ऐन भदौ १ गतेदेखि लागू हुनेगरी मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै छ । भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ ।

यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।

अहिले प्रतिस्थापन ऐनका रुपमा आउन लागेको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको प्रवक्ता रेग्मीले बताउनुभयो । यो ऐनलाई तल अपलोड गरिएको छ । आफुले पढेपछि सेयर गरिदिनुहोला ।

सम्पूर्ण जानाकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु