गरिबी निवारणमा तालमेल अभाव, डेढ अर्ब रुपैयाँ जोखिममा

काठमाडौं । गरिब तथा पिछडिएका समूहको उत्थानका लागि खर्च गर्न गरिबी निवारण कोषको नाममा विनियोजित डेढ अर्ब रुपैयाँ ‘फ्रिज’ हुने भएको छ । सरकार र कोषको नेतृत्वबीच तालमेल अभावमा लामो समयदेखि कोषको बैठक नै बस्न नसकेका कारण बजेट खर्चको योजना बन्न नसक्दा कोषको नाममा रहेको बजेट ‘फ्रिज’ हुने भएको हो ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार कोषमा यो वर्षका लागि विश्व बैंकको १ अर्ब र नेपाल सरकारको ५० करोड गरी कूल डेढ अब रुपैयाँ छ ।
सोमध्ये विश्व बैंकको सहयोगमा प्राप्त १ अर्ब रुपैयाँ आगामी डिसेम्बरभित्र खर्च भइसक्नुपर्ने बाध्यात्मक अवस्था छ । सो अवधिभित्र रकम खर्च नभए विनियोजित रकम स्वतः फ्रिज हुने प्रावधान छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु