नेतृत्व बाँडफाँडको मोडल, सबै जिल्लामा एकीकरण कार्यदल

काठमाडौं । जिल्लामा एकीकरण टुंग्याउन पूर्वएमाले र माओवादीका जिल्ला इन्चार्ज तथा अध्यक्ष र पदाधिकारी रहेको पाँचदेखि सातजनाको कार्यदल बनेका छन् । सबै जिल्लामा कार्यदलले संख्या र नेतृत्वमा छलफल चलाइरहेको प्रदेश ४ का कार्यदल सदस्य जगत विश्वकर्माले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
नेकपाको नियमावलीले १ सय २५ जनाको जिल्ला कमिटी हुने, तर एक संघीय निर्वाचन क्षेत्रबराबर १० जना थप्न सक्ने व्यवस्था गरेको छ । मन्त्री, सांसद र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि जिल्ला र त्यसभन्दा तलका पार्टी कमिटीमा रहन नपाउने नेकपाको सचिवालयले निर्णय गरेको छ ।

केन्द्रीय सचिवालयले सातवटै प्रदेशका कार्यदलले प्रतिवेदन बुझाइसकेपछि प्रदेश र जिल्लाको नेतृत्व टुंग्याउनेछ । केन्द्रीय सचिवालयका एक सदस्यका अनुसार पूर्वएमाले र माओवादीमध्ये एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव पाउनेछन् ।

नेकपाको विधानले प्रदेश र जिल्लामा इन्चार्ज, अध्यक्ष र सचिव मात्र पदाधिकारी रहने व्यवस्था गरेको छ । तर, एकीकरणको स्पिरिटअनुसार सन्तुलन मिलाउन प्रदेश र जिल्ला दुवैतिर सहइन्चार्जको समेत व्यवस्था गर्ने तयारी भइरहेको ती सदस्यले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु