नेपालका लागि रसियाली राजदूत आन्द्रेही सर्गेभिज बुद्रिकको निधन

काठमाडौं  । नेपालका लागि रसियाली राजदूत आन्द्रेही सर्गेभिज बुद्रिकको शुक्रवार निधन भएको छ । २९ फेब्रुअरी २०१६ देखि रसियाका लागि नेपालको राजदूत भएका बुद्रिकको रसियाको मस्कोमा निधन भएको हो ।

गत शुक्रबार मस्कोमा उहाँको निधन भएको जानकारी यहाँस्थित रुसी महासङ्घको दूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राजदूत बुधनिक गत जुलाई ७ तारिखदेखि रुसमा हुनुहुन्थ्यो ।
सन् १९५३ मा जन्मिएका बुद्रिकले सन् १९७५ मा मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेशनमा स्नातकोत्तर गरेपछि उनले कुटनीति सेवामा करिअर सुरु गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु