मोदीको घोषणा कार्यान्वयन गर्न भारतीय टोली भरतपुरमा

भक्तपुर । भारत सरकारको चार सदस्यीय टोली भक्तपुर क्यान्सर अस्पताल पुगेको छ। बोर्ड अफ रेडिएसन एन्ड आइसोटप टेक्नोलोजी (बीआरआईटी)का प्रमुख कार्यकारी गणेश गोपाल कृष्णनमको नेतृत्वमा आएको चार सदस्यीय टोली शुक्रबार अस्पताल पुगेको हो।

वैशाख २८ र २९ गते दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भक्तपुर क्यान्सर अस्पताललाई भभाट्रोन सेकेन्ड कोबाल्ट मेसिन उपलब्ध गराउने घोषणा गरेका थिए। सोही घोषणाअनुसारको कोबाल्ट मेसिन जडान गर्ने सम्बन्धमा अध्ययन गर्न उक्त टोली अस्पताल आएको अस्पतालका मेडिकल निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए।

टोलीले दुई महिनाभित्र कोबाल्ट मेसिन जडान गर्न सकिने बताएको उनको भनाइ छ। अस्पतालमा रेडियोथेरापीका लागि बिरामीको लामो प्रतीक्षा सूची रहेकाले छिटोभन्दा छिटो कोबाल्ट मेसिन जडान गर्न आफूहरू तयार रहेको भारतीय टोलीका प्रमुख गणेश गोपालले जानकारी दिए। अस्पतालले नेपालको क्यान्सर क्षेत्रमा गर्दै आएको सेवाबाट आफूहरू प्रभावित भएको उनले बताए। अाजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु