यस वर्षको अन्तिम सूर्य ग्रहण शनिवार,यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं । सन् २०१८ को अन्तिम सूर्य ग्रहण भोलि लाग्दैछ । ११ अगस्टमा लाग्ने सूर्य ग्रहण नेपाल लगायतका देशहरुमा भने देखिने छैन । ३ घण्टा ३५ मिनेट लाग्ने आंशिक सूर्य ग्रहणलाई उत्तर अमेरिका, उत्तर पश्चिमी एशिया, दक्षिण कोरिया, मस्को र चीन लगायतवाट अवलोकन गर्न सकिनेछ ।

यस अघि, सुर्य ग्रहण फेब्रुअरी १५ र जुलाई १३, २०१८ मा लागेको थियो । बेलायतमा आंशिक सुर्य ग्रहण बिहान ८ः ५० मा सुरु हुनेछ । अब अर्को, सुर्य ग्रह ग्रहण अर्को वर्ष जनवरी ६ २०१९ मा मात्र लाग्ने नासाले जनाएको छ । नासाका अनुसार दोस्रो जुलाई २ र तेस्रो २६ अगस्त,२०१९ मा लाग्नेछ । यसै बिचमा, डिसेम्बरमा चन्द्र ग्रहण पनि देखा पर्नेछ जुन नेपाल लगायतका देशहरुमा हेर्न पाईने भएको छ ।

ज्योतिषका अनुसार, ११ अगस्टमा लाग्ने सुर्य ग्रहणले विशेष गरेर सिंह, वृश्चिक, तुला र र कुम्भ राशि भएका मानिसहरुमाथि केही प्रभाव पार्न सक्छ। यो सूर्य ग्रहण आंशिक हुनेछ र नेपाल लगायतका देशहरुमा कुनै खास प्रभाव हुनेछैन । ग्रहण नदेखिए पनि ज्योतिषीय प्रभाव भने बराबर पर्ने ज्योतिषहरुले जानकारी दिएका छन । सूर्य ग्रहणबाट खाश गरेर नक्षत्र र राशिमा खाश असर पर्ने देखिएको छ ।

ग्रहण परिचय
आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।

व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।

ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। त्यसैले सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र देखिन्छ। चन्द्रग्रहण लाग्दा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी आइपुग्छ र पृथ्वीको छायामा चन्द्रमा प्रवेश गर्छ।

के गर्ने, के नगर्ने

चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु