आज देशभर ठूलो वर्षा हुने, सतर्क रहन बाढी पूर्वानुमान शाखाको आग्रह

काठमाडाैँ । आज (शुक्रबार) ठूलो वर्षा हुने मौमसविद्ले बताएका छन्। दिउँसो पश्चिमी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति भने देशको पूर्वी तथा मध्य भागका केही स्थान र विशेषगरी पश्चिमी पहाडमा अति भारी वर्षाको संभावना रहेको महाशाखका मौसमविद सुवास रिमालले जानकारी दिए। दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षा हुने उनले बताए।

महाशाखाका अनुसार शनिबार दिउँसो र राति देशभर धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानमा, पूर्व र मध्यका एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ।

यसैगरी आइतबार पनि देशभर सामान्यदेखी पूर्ण बदली भई दिउँसो केही स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानमा स्थानमा भारी बर्षाको सम्भावना छ। आइतबार राति पनि देशभर हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। आइतबार राति पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज बेलुकी कन्काई, तमोर, सुनकोसी, अरुण, महकाली, कर्णाली, पश्चिम सेती, मस्र्याङ्दी, चमेलिया लगायतका नदीमा पानीको बहाव बढ्ने भएकाले आसपासका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु