सीपीएल डेब्यूमा सन्दीपको उत्कृष्ट प्रदर्शन

एजेन्सी । वेस्टइन्डिजको घरेलु फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता क्यारिबियन प्रिमियर लिग(सीपीएल)को डेब्यू खेलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन्। बिहीबार राति भएको खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबाट डेब्यू गर्दै सन्दीपले गुवाना अमेजोन वारियर्सविरुद्ध २ विकेट लिए। चार अोभरको स्पेलमा सन्दीपले १२ रनमात्रै खर्चदै उत्कृष्ट बलिङ गरेका हुन्।

सन्दीपले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट खेलिसकेका चादविक वाल्टन र जोसन मोहम्मदको विकेट लिएका थिए। बलिङमा सन्दीपसँगै ब्याटिङमा क्रिस गेलले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीको प्रदर्शन फितलो हुँदा सेन्ट किट्स भने प्रतियोगितामा विजयी सुरुवात गर्न चुकेको छ।

सेन्ट किट्सले दिएको १ सय ४६ रनको सामान्य स्कोर वारियर्सले १६.३ अोभरमा ४ विकेट गुमाएर भेटाएको थियो। सन्दीपको टोलीको अर्को खेल शनिबार छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु