कर्मचारीको अत्यास लाग्दो विदेश भ्रमण,एक वर्षमा ५ हजार विदेश पुगे

काठमाडौं । एक वर्षमै ५ हजार सरकारी कर्मचारी विदेश भ्रमणमा गए । ‘राष्ट्रसेवक’ को सरदर २५ हजार दिन घुमेरै बित्यो । त्यसमा राज्यकोषबाट २ अर्ब रुपैया“भन्दा बढी सकियो । अहिले आएर प्रधानमन्त्री कार्यालयले त्यत्रो खर्चको उपलब्धि देखाउन र्‍याखर्‍याख्ती पारिररहेको छ । भ्रमणकर्ता र तिनलाई पठाउने अधिकारीहरू भने जवाफ दिन सकिरहेका छैनन् ।

घुमेर सरकारी ढुकुटी दुरुपयोग गर्ने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । उसले २२ वटै मन्त्रालय तथा सबै केन्द्रीय निकाय, आयोग, नियोग तथा प्रहरी र सेनाका प्रधान कार्यालयसँग विदेश भ्रमणका विवरण मागेको हो । २०७४ साउनदेखि २०७५ असारसम्मको संख्या आफैंमा अत्यासलाग्दो पाइयो ।

कतिपय भ्रमण दातृ निकायको खर्चमा समेत भएका छन् । त्यसको यकिन विवरण भने जुट्न सकेको छैन । अर्थ मन्त्रालयले सरकारी कोषबाट मात्र उक्त अवधिमा दुई अर्ब रुपैयाँ सकिएको जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयलाई अधिकांश कर्मचारीले भ्रमणको स्रोतसमेत खुलाएका छैनन् । अन्नपूर्ण पोस्टबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु