गायक सन्तोष गुरुङको निर्देशनमा ‘यो जिन्दगी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौं । गायक तथा संगीतकार सन्तोष गुरुङको निर्देशनम यो ‘जिन्दगी घुमाउरो बाटो जस्तो’ गीत सार्वजनिक भएको छ । हाईलाईट नेपाल मार्फत सार्वजनिक गरिएको गीतमा लोपुन्मुख लेप्चा जातिका प्रथम कथाकार झापा बुद्धशान्ति ७ का वाङ्गचु लेप्चा (सुमन) को शव्दमा रचित गीतमा नेपाली ताराको टप टेनमा पर्न सफल झापाली गायक तारा लक्सम लिम्बुले स्वर दिएका छन् । संगीत दिपेन याक्थुम्बाको रहेको छ ।

क्यानभासप्लस मल्टीमिडियाले उत्पादन गरेको म्युजिक भिडियोको सम्पादन गायक गुरुङले नै गरेका छन् । रोसन श्रेष्ठले छायांकन गरेका भिडियोमा रेखाफागु लिम्बू, बिक्की कार्की, निरुता लिम्बू र गीतकार वाङ्गचु लेप्चाको अभिनय रहेको छ ।

लेप्चा जातिका प्रथम कथाकार वाङ्गचु लेप्चा (सुमन) ले समाजका हरेक क्षेत्रलाई समेटेर बिभिन्न लेख, कथा, गित साहित्य लगायत क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । प्रेम कथालाई आधार मानेर तयार गरिएको भिडियोमा मेकनिकल काम गर्नेको जिन्दगीमा आएको घटनालाई समेटिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु