आचार्य राजन शर्माको कृति ‘सुखसूत्र’ माथि सिड्नीमा अन्तर्क्रिया हुने

अष्ट्रेलिया  । भीमसेन सापकोटा(आचार्य राजन शर्मा) को कृति “सुखसूत्र” माथि अष्ट्रेलियाको सिड्नीमा अन्तर्क्रिया तथा सफल जीवनको लागि अत्यावश्यक सकारात्मक उत्प्रेणात्मक कार्यक्रम हुनेभएको छ।

प्रवासमा रहेर कलम चलाउनुहुने एक प्रखर साहित्यकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष तथा अनेसास न्यु साउथ वेल्स, च्याप्टर, सिड्नी अष्ट्रेलियाका सँस्थापक अध्यक्ष,सापकोटाको यो कृती माथि अन्तर्क्रिया यहि १९ अगष्ट २०१८ आईतबार दिउंसो १:३० बजेबाट २३१ वेमिस स्ट्रीट क्याम्सी मा हुने जनाईएको छ।

विश्वका २४ देशहरुका ३३ शहरहरुमा सफलताका साथ सम्पन्न उत्प्रेणात्मक अध्यत्मिक तथा सकारात्मक जीवन शिवीर ” आर्ट अफ हेप्पीनेस” सहितका थुप्रै कार्यक्रम हरु सहित अगिबढ्नुभएका सापकोटाको यस अघि तीन वटा कृती प्रकाशीत भएका छन। अनेसास एनएसडब्लु च्याप्टरको आयोजनामा “सुखसूत्र” को अन्तर्कृया तथा उत्प्रेणात्मक कार्यक्रममा सिड्नी वरपररहनुहुने सबै महानुभावहरुलाई उपस्थितीको लागि आयोजकले अनुरोध गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु