चेल्सीले तोड्यो लिभरपुलको रेकर्ड, किपा विश्वकै महँगा गोलरक्षक

काठमाडौँ । गोलरक्षक थिबाउट कोर्टियस स्पेनिस क्लब रियल मड्रिड जाने पक्का भएपछि इंलिस क्लब चेल्सीले पनि किर्तिमानी रकम तिर्दै गोलरक्षक किपा एर्रिजाबालागालाई अनुबन्ध गरेको छ । स्पेनिस क्लब एट्लेटिको बिल्वाओलाई ७१ मिलियन पाउण्डमा तिर्दै चेल्सीले किपासँग ७ वर्षको सम्झौता गरेको छ ।

लिभरपुलले रोमाका गोलरक्षक एलिसनलाई ६५ मिलियन पाउण्ड तिर्दै रेकर्ड बनाएको थियो । तर, चेल्सीले उक्त रेकर्ड तोड्र्दै किपालाई ७२ मिलियन पाउण्ड तिदै उनलाई अनुबन्ध गरेको हो । सर्वाधिक महंगा गोलकिपर बनेपछि उनले चेल्सीमा आउन पाउँदा धेरै खुसी लागेको बताएका छन् ।

पहिलो पटक चेल्सीले गोलरक्षकका लागि यति ठुलो रकम तिरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु