यसरी पुग्यो प्रहरीको धम्कीपूर्ण एसएमएस अपहरणकारीको मोबाइलमा

काठमाडौं । अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ । फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो ।  अपहरणकारीको मोबाइल अफ भएका कारण उक्त एसएमएस टेलिकम सिस्टममा ‘पेन्डिङ’ मा बसेको थियो ।

सोमबार अपहरणकारी मारिएपछि महाशाखाको टोलीले उनीहरूको साथबाट बरामद गरेको सिमकार्ड मोबाइलमा हाल्दा उक्त सन्देश डेलिभर भएको थियो । उच्च स्रोतका अनुसार परिसरबाट पठाइएको सन्देशमा ‘बालकलाई तुरुन्त नछाडे जे पनि हुन सक्ने’ आशयको सन्देश थियो । अपहरणकारीलाई धम्काएर बालक छुटाउने रणनीतिअन्तर्गत त्यस्तो सन्देश पठाइएको भए पनि अपहरणकारीले सिम निकालिसकेकाले त्यो पढ्न पाएका थिएनन् ।

अपहरणजस्तो संवेदनशील घटनामा त्यसरी सन्देश पठाउनु अनुसन्धानका दृष्टिले गलत हुन सक्ने पूर्वप्रहरी अधिकारी बताउँछन् । महाशाखा र परिसरबीच समन्वय नहुँदा समयमै बालकको उद्धार हुन नसकेको र अपहरणकारीसित भएको भनिएको इन्कान्टर समेत सन्देहमा परेको ती अधिकारीले बताए । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु