धनीहरु धमाधम गरिबको सूचीमा !

रुकुम (पश्चिम) । जिल्लाका धनीहरूलाई नै सरकारले गरिबको सूचीमा राखेको छ । सबै स्थानीय तह (तीन नगरपालिका र तीन गाउँपालिका) ले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ ।

मन्त्रालयले विभिन्न १८ सूचकलाई आधार मानेर ०६९ सालमा गरिबको विवरण संकलन गरेको थियो । मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा कुल २५ हजार ६३४ घरपरिवारमध्ये ५ हजार ८ सय ३९ घरपरिवार गरिबीको रेखामुनि छन् । जसमा २ हजार ८ सय ५९ परिवार अति गरिब, १ हजार ७ सय ५९ मध्यम गरिब र १ हजार २ सय २१ परिवार सामान्य गरिब छन् ।

सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिका–४ का वडा सदस्य जगतबहादुर खड्का पनि अति गरिबको सूचीमा परेका छन् । उनले मन्त्रालयबाट सूची आएपछि आफूले थाहा पाएको र गरिबको परिचयपत्र नलिने बताए । जिल्लामा उनी सम्पन्न परिवारमा गनिन्छन् । उनको काठमाडौंमा समेत घर छ । मुसीकोट–४ सोलावाङमा पनि तीनतले ढुंगे घरसहित करोडौँको जमिन छ । नयाँ पत्रिका दैनिकमा मनीष खड्काले खबर लेखेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु