रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा सिड्निमा “म्युजीकल नाईट हुनेभएको छ।

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा सिड्निमा यस वर्षपनि परोपकारको निम्ती डिनर सहितको ” म्युजिकल नाईट” हुनेभएको छ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि परोपकारको लागि सांगीतीक कार्यक्रम गर्नलागिएको आयोजकले बताएको छ। सो कार्यक्रममा नेपालबाट गायक निशान भट्टराई र गायीका मिलन अमात्य आउनेभएका छन। सिड्नी स्थित रकडेलको ईन्द्रेणी फङ्गसन सेन्टरमा यहि सेप्टेम्बर २२ तारिख २०१८ शनिबार सांझ ६ बजेबाट सुरु हुने बताईएको छ।

प्रवासमा रहेर पनि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आफ्नै देश नेपाललाई स्पर्श गर्न सकिन्छ भन्ने अभिप्राय सहित गर्नलागिएको सो कार्यक्रममा सिड्नी वरपररहनुहुने सम्पूर्ण महानुभावहरुलाई उपस्थितीको लागि संस्थाका अध्यक्ष कृष्ण गैरेले अनुरोध गरेका छन। सो कार्यक्रमको बारेमा थप जानकारी छिट्टै सार्वजनिक गरिने बताईएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु