आइसिसीले सार्वजानिक गरेको टि–२० वरियतामा नेपालका चार खेलाडी, सन्दिप परेनन्

काठमाडौं । आइसिसीले सार्वजानिक गरेको टि–२० वरियतामा नेपालका चार खेलाडीले शीर्ष १०० भित्र स्थान बनाएका छन्। अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्।

ब्याटिङ्ग तर्फ कप्तान पारस खड्का र शरद भेषवाकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामीले शीर्ष एक सय भित्र आफुलाई पार्न सफल भए। टि–२० ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औँ स्थानमा छन्।

त्यस्तै २३८ अंकसहित शरद ९८ औँ स्थानमा रहेका छन्। टि–२० बलरको बरियतामा ३९७ अंकसहित वसन्त ७१ औँ तथा ३३८ अंकसहित सोमपाल ९२ औँ स्थानमा रहेका छन्। नेपालका स्टार बलर सन्दीप लामिछाने भने वरियताको शिर्ष एकसयमा अटाउन सकेनन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु