नयाँ चोरको साथ आउने ‘धूम ४’ बन्ने

एजेन्सी । यशराज बैनरको फिल्म ‘धूम’ को तिनैवटा सिक्वेल निकै सफल र हिट रह्यो । लामो समयपछि यसको चौथो सिक्वेललाई लिएर चर्चा भैरहेको छ । हालै ‘धूम ४’ बारे एउटा खुलासा भएको छ ।

मिडियामा चलिरहेको खबर अनुसार यशराज फिल्म चाँडै नै आमिर खानको अपकमिङ फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को पहिलो लुक सार्वजनिक गर्दैछ । यसको साथै उसले नयाँ प्रोजेक्ट ‘धूम ४’ बारे पनि घोषणा गर्दैछ । हाल यशराज फिल्म्सको पुरै टिम ‘ठग्स अफ हिन्दुस्तानको शूटिङमा सक्रिय छ ।

खबरका अनुसार ठग्स अफ हिन्दुस्तानको पहिलो लुक सार्वजनिक गरेसँगै उसले धूम ४ को नयाँ चोरको नाम पनि घोषणा गर्ने छ । धूमको हरेक सिक्वेलमा चोरहरु बद्लीने गरेको छ  र यसपटक पनि चोर बद्लीने बताइएको छ ।

मिडियाहरुले धूम ४ मा यसपटक बलिउड बादशाह शाहरुख खान नयाँ चोर बनेर आउने बताएका छन् । हाल शाहरुख खान आफ्नो अपकमिङ फिल्म ‘जिरो’ को शूटिङ सकेर तयारीमा जुटेका छन् ।

फिल्म ‘डन’ र ‘डन २’ पछि शाहरुखको धूम ४ मा ग्रे शेड वाला भूमिकालाई निकै रुचाइने विश्वास गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु