‘जनताको चाहना र आवश्यकता भएमा जुनसुकै बेला संविधान संशोधन गर्न सकिन्छ’

काठमाडौं । सभामुख कृष्णबहादुर महराले जनताको चाहना र आवश्यकता भएमा जुनसुकै बेला संविधान संशोधन गर्न सकिने बताउनुभएको छ । सभामुख महराले भन्नुभयो, “संविधान कुनै त्यस्तो जड वस्तु होइन, जसलाई परिमार्जन, संशोधन गर्न नसकियोस् । जनताको चाहना र आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिन्छ ।”

चौबीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज यहाँ आयोजित आदिवासी जनजाति बृहत राष्ट्रिय राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आदिवासी जनजाति समुदायले उठाउँदै आएका अधिकार, प्रतिनिधित्व, स्वायत्तता÷स्वशासन र पहिचानसहितको संघीयताजस्ता मुद्दालाई संसद्कै एजेण्डा हुने गरी बौद्धिक बहसको रुपमा लैजान मेरो विशेष अनुरोध छ, प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि नीतिगत तहबाटै समाधान खोज्नुहोस् ।”

 

Comments

comments

सम्बन्धित शिर्षकहरु