भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त

काठमाडौं । विवादित अभिव्यक्तिका कारण शेरबहादुर तामाङले राजीनामा दिएपछि खाली रहेको कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

वर्तमान सरकार गठन भई दोस्रो चरणको विस्तारका क्रममा मन्त्रीको सूचीमा चर्चामा रहेको नाम थिययो भानुभक्त ढकाल। यसअघि तत्कालीन एमालेलको संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका ढकालको अध्ययन कानुन नै हो।

ढकालको नाम यसअघि सञ्चारमन्त्रीमा चर्चा गरिए पनि प्रदेश १ बाट लालबाबु पण्डित मन्त्री भइसकेको भन्दै पन्छाइएको थियो। मोरङ ३ बाट निर्वाचित ढकाल पार्टीमा संस्थापन पक्ष निकट छन्। तेह्रथुमका ढकाललाई मोरङबाट चुनाव लडाइएको हो। ०७० मा उनी समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु