कराते खेलाडी जापान प्रस्थान

काठमाडौं । ईण्डोनेशियाको राजधानी जाकार्तामा आगामी August 18 देखि शुरु हुन गईरहेको १८ औं एशियन गेम्सका लागि बैदेशिक बिशेष प्रशिक्षणका निम्ति नेपाली राष्ट्रिय कराते टोली आज जापान प्रस्थान गरेकाछन । ४ जना पुरुष तथा ४ जना महिला तथा २ जना प्रशिक्षक गरी कूल १० जना जापान प्रस्थान गरेका हुन ।
जापानमा २२ दिन बिशेष प्रशिक्षण गर्नेछन भने जापानबाटै एशियन गेम्सका लागि नेपाली कराते टोली सिधै जाकार्तामा प्रस्थान गर्नेछन । २५ अगस्त देखि शुरु हुने कराते प्रतियोगितामा पुरुष तर्फ सोनम लामा-६०केजी,बिजय लामा -६७,दिबश श्रेष्ठ -८४ किलो तथा एकल कातामा परशुराम बास्तोलाले प्रतिस्पर्धा गर्नेछन भने महिला तर्फ अनु अधिकारी -५०,सुनिता महर्जन-६१,रिता मैनाली+६८ क़िलो तथा चन्चला दनुवार ले एकल कातामा प्रतिस्पर्धा गर्नेछिन भने दिपक श्रेष्ठ र हिरा सिंह डंगोल ले प्रशिक्षकको भूमिका निर्बाह गर्नेछन ।

एक बिशेष कार्यक्रमबिच राष्ट्रीय खेलकुद परिषदका सदस्य-सचिव केशव कुमार बिष्ट र राष्ट्रिय खेलकुद परिषदका सदस्य एवम नेपाल कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुंग लगायत महासंघ तथा संघका पदाधिकारीहरुको अबिर तथा खादा लगाई बिदाई गर्नुभयो ।

नेपाल कराते महासंघका उपाध्यक्ष दिपक मलहोत्रा र थापा बिज़नेस प्रा.लि.का सि.ई.ओ . प्रनिल थापाले प्रत्येक खेलाडीलाई ट्र्याक-सुट उपलब्ध गराउनुभएको थियो । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य-सचिव केशव कुमार बिष्ट ले गत एशियन गेम्समा नेपालको ईज्जत राख्न सफल कराते खेल ले यस पटक पनि पदक हाशिल गरी मुलुकको साख: जोगाउनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । सम्बोधन कै क्रममा नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुंगले यस पटक कराते खेलले ईतिहास रच्नेकुरामा दुईमत नरहेको बताउनुभयो भयो भने सम्पूर्ण खेलाडीहरुलाई अग्रिम बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु