अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट सुरु, बलिङ गर्दै नेपाल

काठमाडौं । नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेको छ । नेपालले डेब्यू एकदिवसीय खेलमा पहिले बलिङ गर्ने भएको छ। नेदरल्यान्ड्सको एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा घरेलु टिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो।

गत चैत १ गते नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता हासिल गरेर इतिहासकै ठूलो सफलता हात पारेको थियो। जिम्बाबेमा भएको एकदिवसीय छनोट प्रतियोगितामार्फत नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले प्रदान गर्ने एकदिवसिय मान्यता प्राप्त गरेको हो।

Comments

comments

सम्बन्धित शिर्षकहरु