रेस्लिङको डब्लुडब्लुई उपाधि रियल म्याड्रिडलाई

काठमाडाैँ । विश्व उत्कृष्ट क्लब रियल म्याड्रिड रेस्लिङको सबैभन्दा ठूलो उपाधि डब्लुडब्लुई उपाधि पाएको छ।म्याड्रिडलाई वल्र्ड रेस्लिङ इन्टरटेनमेन्टले फुटबलमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले डब्लुडब्लुइ बेल्ट प्रदान गरेको बताएको छ।

गत सिजन च्याम्पियन्स लिग उपाधि हात पार्दै स्पेनिस क्लबले लगातार ३ पटक च्याम्पियन्स लिग जित्न सफल भएपछि डब्लुडब्लुइलाई यो अवार्ड प्रदान गर्न प्रेरित गरेको चर्चित रेस्लर त्रिपल एच अर्थाक माइकल लिभेस्कले बताए। यसअघि सर्वाधिक सफल फुटबल क्लब चेल्सी, म्यानचेस्टर सिटी तथा खेलाडी सेरेना विलियम्स, बोका जुनियर्स, द गोल्डेन स्टेट वारियर्स र क्लिभल्याण्ड काभेलियर्सले यो उपाधि पाएका थिए।

उनीहरु सबैले रियल म्याड्रिडलाई बधाइ दिएका छन्। ४९ वर्षिय रेस्लर त्रिपल एचले ट्वीटरमा लेखेका छन् , ‘३ पटक लगातार च्याम्पियन्स लिग जितेपछि अब रियल म्याड्रिडले डब्लुडब्लुइ च्याम्यिन्स जसरी खुशी मनाउने बेला भएको छ। हाला म्याड्रिड!’ रियल म्याड्रिडका भरपर्दा डिफेन्डर डेनी कार्भाजाल र लुकास भास्कसले खिचाएको फोटो सार्वजनिक गरेका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु