अमेरिकी मध्यावधि चुनावलाई प्रभाव पार्ने अकाउन्ट फेला पारेको फेसबुकको दावी

 

एजेन्सी । फेसबुकले नोभेम्बरमा हुनेवाला अमेरिकी मध्यावधि चुनावलाई प्रभाव पार्ने सम्भावित नियतले बनाइएको ३२ वटा सन्दिग्ध अकाउन्ट र पेजलाई आफुले हटाएको बताएको छ । फेसबुकले जाँचको एकदमै प्राथमिक चरणमा यस्तो गरेको तर त्यसको पछि को रहेको भन्ने हालसम्म थाहा नभएको बताएको छ ।

साथै २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा कथित रसियाली हस्तक्षेपको क्रममा ती अकाउन्ट निर्माताहरुले आफ्नो पहिचान लुकाउनका लागि धेरै अकाउन्ट बनाएको पनि बताइएको छ । सामाजिक सञ्जाल साइटले आफ्नो ब्लगमा फेसबुक र इन्सटाग्राममा १७ त्यस्ता सन्दिग्ध अकाउन्टहरु फेला परेको बताएको छ । उसको अनुसार ती अकाउन्टहरुले फेसबुकमा ९,५०० भन्दा धेरै पोस्टहरु गरेको थियो भने इन्सटाग्राममा पनि त्यस्तै सामाग्रीहरु थिए ।

ती मध्ये एक पेजलाई दुई लाख ९० हजारभन्दा धेरै अकाउन्टहरुले फलो गरिरहेको पनि बताइएको छ । फेसबुकले इन्सटाग्राम र फेसबुकमा भएका त्यस्ता सन्दिग्ध अकाउन्टहरुमा १५० विज्ञापन चलिरहेका थिए जसको कुल लागत ११ हजार डलर थियो । त्यस्ता कुल फर्जी अकाउन्टहरुमा जो प्रसिद्ध छन् ती अस्टलान वारियर्स, ब्लैक एलिवेशन, माइंडफुल बीइङ र रेसिस्टर्सहरु रहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु