आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दै नेपाल

काठमाडौं । नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । नेपालले आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेतिर सुरु हुनेछ । नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको आजको खेल पहिलो खेल हो ।

गएको आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेका यी दुई टोली संयुक्त विजेता भएका थिए । गएको आइतबार नेपाल र नेदरल्याण्डबीच भएको खेल वर्षाका कारण प्रभावित भएपछि दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो ।

नेपाली टोलीको बलिङ पक्ष राम्रो देखिन्छ । पछिल्ला दिनहरुमा ब्याटिङ पनि सुध्रिदै गएको छ । यही क्रमलाई निरन्तरता दिँदै नेपालले प्रदर्शन गर्यो भने जीत हात पार्न सक्नेछ ।नेपाल र नेदरल्यान्ड अहिलेसम्म पाँच पटक आमने समाने भएका छन् । जसमध्ये नेदरल्यान्डले तीन तथा नेपालले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

आज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमात्र नभएर नेपालको लागि इतिहास पनि हो । त्यही इतिहासलाई सुखद बनाउने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ ।

नेपाली टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख रहेका छन् ।

नेपाली टोलीमा रहेका शक्ति गौचन, सन्दीप लामिछाने, वसन्त रेग्मी, करन केसी र सोमपाल कामी उत्कृष्ट बलर हुन् भने नेपाली टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुवास खकुरेल, अनिल शाहलाई ब्याटिङको जिम्मेवारी दिइने गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु