पुर्बेली लोक भाका ‘शिरैको शिरबन्दि’ को साथ नेपाली संगितमा डेब्यु गर्दै गायक मोहन खतिवडा (भिडियो)

काठमाडाैँ । गायक मोहन खतिवडाको सुमधुर स्वर रहेको ‘शिरैको शिरबन्दि राम्रो’ पुर्बेली लोकलयमा सजिएको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द अष्ट्रेलियामा बस्दै आएका नेपालीमूलका भूटानी गीतकार दुर्गाप्रसाद रिमालले लेखेका हुन् भने गित नेपाली संगितिक क्षेत्रका सुप्रसिद्ध संगीतकार राजनराज सिवाकोटिको रहेको छ ।

नेपाली चलचित्र ‘कोहोलपुर एक्सप्रेस’ बाट नेपाली सिने जगतमा डेब्यु गरेका निर्देशक बिशाल भण्डारीले निर्देशन गरेको यस म्युजिक भिडियोमा नेपाली सिने जगतकी लोकिप्रीय नायिका केकी अधिकारी र चलचित्र हामी शरणार्थीका नायक जीवन भट्टराइले अभिनय गरेका छन् । मनिस चाम्लिगंद्वरा इस्टन रेकडिगँ स्टूडियो, टेक्सस अमेरिकामा रेकड गरिएको यस गीतलाई आमोस तामाङले एरेन्ज गरेका छन् भने छायांकनमा अर्जुन तिवारी र इडिटिगंमा निसान घिमिरेले साथ दिएका छन् ।

निक्कै लामो पर्खाइपश्चात नेपाली संगीतिक बजारसम्म ल्याउँन सफल उक्त गित श्रीमति मिना भण्डारीको बिशेष लगानीमा बजारमा आएको हो । गीत सार्वजनिक भएसगैँ गायक खतिवडाले सम्पूर्ण घर- परिवार, साथी-भाई, सुभचिन्तक लगायतलाई बिशेष धन्यबाद दिएका छन् ।

हेर्नुहोस्, कमैमात्र बजारमा सार्वजनिक हुने लोकलयमा सजिएको यो गित !!

Comments

comments

सम्बन्धित शिर्षकहरु