प्रियंकाको घाँटीमा ‘आयाङ्का’

काठमाडाैँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीको इन्गेजमेन्ट लगतै प्रियंकाले आफ्नो नाम परिवर्तन गरेर आयाङ्का राखिन्। जुन कुरा अब फेसबुकको स्ट्याटसमा मात्रै सीमित रहेन। प्रियंकाको लागि नयाँ नाम आयाङ्का निकै प्यारो भएको छ।

सायद यसै कारण हुन सक्छ उनले आफ्नो प्रेमीलाई खुशी पार्दै शुभचिन्तकलाई सरप्राइज दिएकी छिन् आफ्नो घाँटीमा आयाङ्का नामको ट्याटु खोपेर।

यो नाम आयुष्मान को ‘आ’ र प्रियंकाबाट ‘याङ्का’ लिएर ‘आयाङ्का’ बनाइएको हो। हाल अमेरिकामा रहेकी उनले सरप्राइज भन्दै इन्स्टाग्राममा एक फोटो सार्वजनिक गरेकी छन्। उक्त फोटोमा प्रियंकाको गर्दनमा ‘आयाङ्का’ लेखिएको ट्याटु देख्न सकिन्छ। ‘कथा काठमाडौं’को गीत रिलिज पश्चात कामुक अवतारका कारण दर्शकको आलोचना खेपिरहेकी यी नायिकाले आफ्नो प्रेम इन्स्टाग्राममा दर्शाएकी हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु