१० वर्षे सम्बन्धनले डा.केसी र सरकारबीचको वार्ता फेरी असफल, केसीले अनसनलाई निरन्तरता दिने

काठमाडौं । सरकारी वार्ता टोली र डा गोविन्द केसीबीच आज हुने भनिएको वार्ता निष्कर्ष विहीन बनेको छ । डा.केसीको अनसनले २७ औं दिनपुगिसक्दा सरकारी पक्षसँग धेरै कुरा मिलिसकेको अवस्थामा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाउने या नपाउने भन्ने विषय टुंगोमा पुग्न सकेन ।

बालुवाटारमा भएको छलफल पश्चात डा. केसीको वार्ता टोलीले पत्रकार सम्मेलनको आयोजना गरी काठमाडौं उपत्यकामा १० वर्ष सम्बन्धन दिन नहुने प्रावधानलार्इ सरकार पक्षले अस्वीकार गरेपछि सहमति रोकिएको बताएको छ ।

यसअघि सरकारी र डा केसीका वार्ता टोलीबीच सहमतिका लागि ७ बुँदा तय गरिएको भएपछि डा. केसीले नमानेपछि बालुवाटारमा पुनः छलफलका लागि बोलाइएको थियो । त्यहाँ ९ बुँदे सहमतिका लागि सरकार सक्रिय रुपमा देखिन्थ्यो । तर डा. केसीको अडान १० वर्षसम्म काठमाडौं उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न पाउनुहुन्न भन्ने रहेकोमा सरकारी पक्षले भने यसलाई नमानेको सम्मेलनमा बताइएको छ । अन्ततः वार्ता निष्कर्षविहन बन्न पुगेको जनाइएको छ । डा.केसीले भने १० वर्षे सम्बन्धनलाई सरकारले अस्वीकार गर्ने अनसनलाई निरन्तरता दिने बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु