बिन्ति छ , मलाई ‘खाते’ नभन !

बिन्ति छ , मलाई ‘खाते’ नभन !

फोहर झैं सडकमा फालिएर
सभ्य मान्छेकै ‘डीएनए ‘ बोकेर जन्मिएको म
म र फोहरमा एउटै फरक छ
भेटिंदैनन् .रहर, फोहरमा तर म मा जीवनका रहर झुलेका छन्।
सुकिला मानिसहरू भित्रको
धमिलो वास्तविकताको जिउंदो उदाहरहण हुँ म ।
शरीर र लुगा गन्हाउंने भए पनि मेरो मन भने ति मान्छेहरूको वाहिरी
रुप जस्तै सुन्दर छ ।
तिमी घरको आंखाको नानी बनेर हुर्कियौ
म सडकको धुलो र फोहरका चाङ्ग सँगै हुर्किए।
तिमीले आधा चित्र कोर्दा-कोर्दै फालेका कागजको पन्नालाई
जब हावाले म सम्म ल्याई पुर्यांउं छ तब धुलोमै औंलाले कोरेर मैले ति चित्रहरूलाई पुरा गरेको छु ।
तिमीले लेख्न मात्र शुरु गरेर फालेका यस्तै चित्र र च्यातिएको पन्ना हेरेर
मैले धुलोकै क्यानभाषमा भर्खरै , बुद्द , सगरमाथा र सिङ्गो नेपालको रेखा कोरेको छु
तिम्रा बाबा आमाले तिमीलाई जहाज चढाएर घुम्न लगेका भुगोलको कुनै एक कुना मात्र हैन
यो सिङ्गै विश्वको नक्सा म धुलोमै कोर्न सक्छु ।

तिमीले टोक्दा -टोक्दै फालेको स्याउको अन्तिम टुक्रा
र चाट्दा चाट्दै अघाएर फालिएका आइसक्रिमको अन्तिमा शेषले
मेरो मुखमा तिमिलाई जस्तै मिठो स्वाद दिलाएका छन् !

तिमी बुवाको प्यारो मखमली ओछ्याउंनेमा
आमाको ममता ओढेर सुत्छौं र म पनितुषारो र शित सँगै उस्तै निन्द्रा सुत्छु।
तिमीलाई बाबाले खाटै माथि टल्कने
नक्कली तारा सजाइ दिएका छन्
र त्यहि हेरर तिमी सुत्छौं
र म पनि ति आकाशमा छरिएका सक्कलि ताराहरूको
असलि उज्यालो गनेर सुत्छु ।
तिमी कथा सुनेर निंदाउंछौं ।
म हरेक दिन आँफैं कथा बनेर निदाउंछु ।
तिमीलाई जस्तै मलाई पनि राम्रो नाम
र राम्रो जीवन सुहाउंछ ।
विन्ती छ मलाई सडकको खाते बच्चा नभन
किनकी मेरा लागि पनि हरेक दिन सुर्य उदाउंछ
अनिफुलहरू मेरा लागि पनि मुस्कुराएर फुल्ने गर्छन्।

 

~भीमसेन सापकोटा (आचार्य राजन शर्मा )

`अस्तु`

Comments

comments

सम्बन्धित शिर्षकहरु