पाकिस्तानमा मतदान केन्द्रमा बम बिस्फोट, २२ को मृत्यु

एजेन्सी । पाकिस्तानमा हाल चलिरहेको ११ औं राष्ट्रिय चुनावको दौरानमा क्वेटाको मतदान केन्द्र नजिक बम बिस्फोट हुँदा २२ जना मारिएका छन् । बीबीसी उर्दू संवाददाता मोहम्मद काजिमको अनुसार उक्त विस्फोटमा पूर्वी बाइपासमा बनाइएको मतदान केन्द्रको नजिक भएको हो । सोल अस्पतालका प्रवक्ता वसीम बेगले बीबीसीलाई २२ जना मारिएको पुष्टि गरेका छन् र २९ जना घाइते भएका छन् । मारिनेमा प्रहरीहरु पनि छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु