दाम्लो पनि नाम्लो हुन्छ

दाम्लो पनि नाम्लो हुन्छ

-काशिराज पाण्डे
पर्थ, अस्ट्रेलिया

रमाऊँनुछ रङ्गमंचमा; सगरमाथा देख्नुपर्छ l
गहिराइमा पुग्नुपर्छ; झरी-बादल चुक्नुपर्छ ll
लुक्नुपर्छ, झुक्नुपर्छ; पल-पल ढुक्नुपर्छ l
आएपछि -जानुपर्छ; बोली-गाली खानुपर्छ ll

एकअर्काको खुशी खातिर; भोक्भोकै’नि सुक्नुपर्छ l
गाह्रो-सांग्रो फुक्नुपर्छ; दुख-पीडा ढाक्नुपर्छ ll

ठाक्क-ठुक्क पाक्नुपर्छ; झंजट पनि बोक्नुपर्छl
देवी-देउता भाक्नुपर्छ; मधुर-मुस्कान डाक्नुपर्छ ll
सार्थक जीवन जिउनुपर्छ; मान्छे खुशी आफै हुन्छl
संगत सज्जन पात्र-भित्र; कुरा साझा खोज्नुपर्छ ll
दंगपरि कहिले-काहिँ ; नराम्रो’नि रोज्नुपर्छ l
आलोचना-निन्दाबाट; सधैँ टाढा बस्नुपर्छ ll

पिल्लर घरमै राख्नुपर्छ; दाम्लो पनि नाम्लो हुन्छ l
मेलमिलापले उचाइ छुन्छ; यति बुझे राम्रो हुन्छ ll
धर्ती आफै आरती हुन्छिन्; सुख्खा फाँटमा पानी भर्छिन् l
कथा-काब्य जीवन हुन्छन्; जीवन एउटा यज्ञ बन्छ ll

डुबे पनि बाढी भित्र; सम्झनाले तारा छुन्छ l
हावा-सरि हाँसी-खुशि; लोटाभित्रै गङ्गा हुन्छ ll
धन-दौलत कति चाहियो? कसलाई केले कहिले पुग्छ?
आफ्ना-पराई साँच्चै चिन्न; तपाइँ-हामी बाँचे पुग्छ lll

Comments

comments

सम्बन्धित शिर्षकहरु