नेपाली युवतीबारेको विवादास्पद अभिव्यक्तिमा कानूनमन्त्रीले माफी मागे(विज्ञप्तिसहित)

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुबारे आफूले गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् । मन्त्री तामाङले विज्ञप्ति नै निकालेर माफी मागेका हुन् ।

विदेश पढ्न र रोजगारीका लागि जाँदा कुनै पनि नेपाली महिला यौनजन्य हिंसामा पर्न नहुने आफ्नो आशय रहेको बताउँदै उनले तर अर्को अर्थ लाग्न पुगेको भन्दै माफी मागेका हुन् ।

मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा बंगलादेशमा पढ्न जाने युवतीहरु यौन शोषणमा पर्ने गरेको भनेर आफ्नो भनाई राखेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु