२ वर्ष जेल जानबाट बचे रोनाल्डो

एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको आरोप स्वीकारेका छन् । यसअघि उनले कर छलीको आरोप अस्वीकार गर्दै आएका थिए । रोनाल्डोले आरोप स्वीकारेसँगै उनले २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्नु पर्ने हुन्छ ।

यद्यपि, स्पेनिस कानुन अनुसार उनी जेल जानबाट भने बचेका छन् । त्यहाँको कानुनअनुसार २ वर्षसम्मको जेल सजायँ पाएकाले जेल जानु पर्दैन । अनलाइन पत्रिका डेली मेलका अनुसार हालै इटालियन क्बल युभेन्टस्समा आवद्ध ३३ वर्षीय यी स्टारलाई सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो ।

रोनाल्डोले अस्वीकार गर्दै आए पनि उनी रियल हुँदा २०१० देखि साढे १३ मिलियन पाउण्ड बराबरको कर छलीको आरोप लागेको थियो । रोनाल्डोको स्वीकारोक्तिसँगै उनले कानुनी लागतवापत ४.३ मिलियन पाउण्ड तिर्नुपर्ने हुन्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु