अष्ट्रेलियामा रुची र क्षमता अनुसार छान्नुहोस् युनिभर्सिटी,यस्ता छन् उपलब्ध कोर्स तथा भर्ना नियम

अष्ट्रेलिया । उच्च शिक्षाका लागि विदेश जाने नेपालीका लागि पहिलो रोजाइमा अष्ट्रेलिया परेको सरकारी तथ्यांकले देखाएको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विदेशी विद्यार्थी मध्ये सर्वाधिक तेस्रो स्थानमा नेपाल रहेको छ ।

शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिने विद्यार्थी मध्ये सबैभन्दा बढी अष्ट्रेलिया जाने रहेका छन् । २०७४ सालमा मात्र अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीको संख्या २८ हजार ६४२ रहेको वैदेशिक अध्ययन अनुमति शाखाले जनाएको छ ।

यसरी नै धेरै नेपाली अध्ययनका लागि विदेश जाने दोस्रोमा जापान परेको छ । गत वर्ष १० हजार ८४० नेपाली जापान गएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अमेरिका जाने विद्यार्थीको संख्या भने २ हजार ३४९ जना छ । यो अवधिमा मात्र नेपालबाट विदेश अध्ययनमा जान ५६ हजार २१६ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको देखिन्छ ।

यता अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१८ सम्म ५ लाख ९ हजारभन्दा बढी विदेशी विद्यार्थी आफ्नो देशमा भित्रिएको जनाएको छ । अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागका अनुसार अघिल्लो वर्ष १८ हजार ५२९ जना नेपाली विद्यार्थी रहेका छन् । त्यहाँका विश्वविद्यालय र कलेजमा भर्ना भएका नेपाली विद्यार्थी अघिल्लो वर्षको तुलनामा बढेर २९ हजार पुगेको छ ।

अष्ट्रेलियाका १० उत्कृष्ट युनिभर्सिटीको सूची

१. अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयु)
अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको यो युनिभर्सिटी विश्वमै ख्यातिप्राप्त युनिभर्सिटी मानिन्छ । अष्ट्रेलियाको संसदले सिर्जनाको गरेको यो एकमात्र युनिभर्सिटी हो । यो युनिभर्सिटीमा २२ हजार ५ सय बढी विद्यार्थी र ६ वटा नोबेल पुरस्कार विजेता लेक्चर र अल्मुनाईको फ्याक्ल्टी रहेको छ । राजनीतिकशास्त्र, भाषा विज्ञान, भूगोल र विज्ञान संकायका लागि यो युनिभर्सिटी विशेष मानिन्छ ।

२. मेलबर्न युनिभर्सिटी
यो युनिभर्सिटी अष्ट्रेलियाको दोस्रो सबैभन्दा पूरानो युनिभर्सिटी हो । यसको स्थापना सन् १८५३ मा भएको थियो । यो विश्वविद्यालयका अल्मुनाई चार जना अष्ट्रेलियाका प्रधानमन्त्री भइसकेका छन् । यसमा ९ जना नोबेल पुरस्कार विजेता लेक्चरहरु आवद्ध छन् । अष्ट्रेलियाका युनिभर्सिटीहरुमा दोस्रो नम्बरमा पर्ने यो युनिभर्सिटीमा मेडिसिन, एकाउन्टिड, साइकोलोजी र शिक्षा विषयहरुका लागि विशेष मानिन्छ ।

३. युनिभर्सिटी अफ सिड्नी
युनिभर्सिटी अफ सिड्नीसँगै अमेरिकाको न्युयोर्क युनिभर्सिटी पनि ४६ औं उत्कृष्ट युनिभर्सिटीमा परेको छ । अष्ट्रेलियाको पहिलो युनिभर्सिटी समेत रहेको युनिभर्सिटी अफ सिड्नीको स्थापना सन् १८५० मा भएको हो । कानुन, शिक्षा, मेडिसिन, एकाउण्टिङ र फाइनान्सका लागि यो युनिभर्सिटी विशेष मानिन्छ ।

४. युनिभर्सिटी अफ न्यु साउथ वेल्स (युएनएसडब्ल्यु)
यो युनिभर्सिटीको स्थापना प्रतिष्ठित ८ समूहको सक्रियतामा अष्ट्रेलियन रिसर्च युनिभर्सिटीका रुपमा भएको हो । युएनएसडब्ल्यु सिड्नीमा अवस्थित छ । यसले अन्य अष्ट्रेलियन युनिभर्सिटीहरुको भन्दा धेरै मिलिनियरहरु उत्पादन गरेको छ ।

५. युनिभर्सिटी अफ क्वीन्सल्याण्ड (युक्यु)
यो राज्यको राजधानी ब्रिसबेनमा रहेको छ । सन् १९०९ मा स्थापना भएको यो क्वीन्सल्याण्डकै पुरानो विश्वविद्यालयमा पर्छ ।

६. मोनास युनिभर्सिटी
यो युनिभर्सिटीको नामाकरण प्रमुख अष्ट्रेलियन जनरल सर जोन मोनासको नामबाट गरिएको हो । यो युनिभर्सिटीमा ७० हजार ७० विद्यार्थी अहिले अध्ययन गरिरहेका छन् । जसमध्ये २६ हजार २ सय विद्यार्थी अष्ट्रेलियाभन्दा बाहिरका छन् । अनुसन्धानका लागि यो युनिभर्सिटी विश्वमै विख्यात छ ।

७. युनिभर्सिटी अफ वेष्टर्न अष्ट्रेलिया(युडब्ल्युए)
पर्थमा रहेको यो युनिभर्सिटी अष्ट्रेलियाको उत्कृष्ट युनिभर्सिटी हो ।यो युनिभर्सिटी संस्कृति, सोसल र स्पोर्टिङ अध्ययनका लागि राम्रो मानिन्छ ।

८. युनिभर्सिटी अफ एडिलेड
यो अष्ट्रेलियाको तेस्रो पुरानो युनिभर्सिटी हो । गत वर्ष यो युनिभर्सिटी विश्वका उत्कृष्ट युनिभर्सिटीहरुको सूचीमा १ सय १३ औं स्थानमा परेको थियो । सिंगापुरमा समेत यो युनिभर्सिटीको क्याम्पस प्रसिद्ध रहेको छ ।

९. युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी (युटीएस)
यो युनिभर्सिटी अष्ट्रेलियन टेक्नोलोजी नेटवर्कको सदस्य हो, जुन नेटवर्क अष्ट्रेलियाका ५ वटा युनिभर्सिटीको समूह हो । यो अष्ट्रेलियााको सबैभन्दा ठूलो युनिभर्सिटीमध्ये एक हो ।

१०. युनिभर्सिटी अफ बलाङगोङ
न्यु साउथ वेल्सको सहर वलाङगोङमा रहेको यो युनिभर्सिटीमा ३२ हजार २ सय विद्यार्थी पढिरहेका छन् ।

 

बण्ड युनिभर्सिटीमा पोस्टग्राजुएट गर्न चाहने विद्यार्थीहरुको लागि उपलब्ध कोर्स यस प्रकार छन् :

बण्ड युनिभर्सिटीमा डिप्लोमा पढ्न चाहने विद्यार्थीहरुले उक्त कोर्सको लागि छुट्टाइएको मापदण्ड पूरा गर्नुपर्छ । यस युनिभर्सिटीमा डिप्लोमा तहमा पढ्नको लागि उपलब्ध कोर्सहरु यसप्रकार छन् :

Comments

comments

सम्बन्धित शिर्षकहरु