रियल मड्रिड जानेबारे नेयमारको यस्तो छ प्रतिक्रिया

काठमाडौँ । पिएसजी तथा ब्राजिलका स्टार खेलाडी नेयमारले रियल मड्रिड जाने खबर हल्लामात्रै भएको बताएका छन् । उनले भनेका छन्, ‘म यस सिजन पिएसजीमै हुनेछु । रियल जाने कुरा हल्लामात्र हो ।’

क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि उनलाई महत्वपुर्ण विकल्पको रुपमा हेरिएको थियो । तर, उनले पनि रियल नजाने मनस्थिति बनाएका छन् । रियल भने रोनाल्डोको विकल्पमा स्टार खेलाडी अनुबन्ध गर्ने तयारीमा रहेको छ ।

धेरैलाई लागेको थियो नेयमार यस सिजन ला लिगा फर्किनेछन् । तर, उनले पिएसजीमा बस्ने निर्णय गरेपछि रियल अरु नै विकल्प खोज्ने भएको छ । नेयमारले भनेका छन्, ‘पिएसजीमा म उदेश्यका साथ आएको हुँ । पहिलो सिजन सफल रहेकोमा हामी खुसी छौ । यसै क्लबमा रहेर धेरै गोलहरु गर्न बाँकी नै छ भने उपाधिहरु पनि जित्नु छ ।’

उनले थप्दै भने, ‘म आफ्नो विचारबाट कत्ति पनि विमुख छैन । म पिएसजीमा रहनेछु ।’ उनले काइलियन एमबाप्पेको तारिफ गर्दै उनलाई बधाइ समेत दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु