सिड्नीमा “गुल्मेली तीज मेला २०१८” हुने:

सिड्नी अष्ट्रेलिया

गुल्मी समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा “गुल्मेली तीज मेला २०१८” हुनेभएको छ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कार्यक्रम प्रस्तोता एवं गायीका मन्जु पौडेलको विशेष प्रस्तुतीरहने आयोजकहरुले बताएका छन।

तलतल लाग्यो मलाई,धुंवासरी फैलेछ कुरात ,जस्ता चर्चित लोकदोहोरी साथै खैत बाबा बुझेको कुरा बरिलै, मुखैले ठिक्क बनायौ, जस्ता तीज गितहरुबाट परिचित मन्जु पौडेलले फेरीपनि यसपटक सिड्नीका दर्शकहरुलाई छमछमी नचाउने भएकी हुन। नेपाली मौलिक खाना सहितको सो कार्यक्रम रकडेल स्थित ४२२ प्रिन्सेस हाईवे एभ्रेष्ट फङ्सन सेन्टरमा भब्य हुने सो संस्थाका सल्लाहाकार कृष्ण सापकोटाले  असनेपालन्युजलाई बताए।

१ सेप्टेम्बर २०१८ शनिबार ६ बजेदेखि सुरुहुने सो कार्यक्रमको प्रवेश शुल्क $ ३० रहेको छ भने ८ वर्ष भन्दा मुनीका बालबालीकाहरुलाई निशुल्क प्रवेश रहने बताईएको छ। सो संस्थाका अध्यक्ष श्याम केसी खत्रीले सिड्नी वरपररहनुहुने सबै महानुभावहरुलाई उपस्थितीको लागि अनुरोध गरेका छन। सो कार्यक्रमको बारेमा थप जीनकारीको लागि भिम 0420652999, श्याम 0412044669, कमला,0403490657, तथा बिष्णुलाई 0451130723 मा फोन सम्पर्क गर्न सकिनेछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु