ओली सरकारको चाहाना कात्तिकमा गुड्ने भो ब्रोडगेज रेल

काठमाडौं । नेपालको पहिलो ब्रोडगेज रेल यसै वर्ष कार्तिक महिनादेखि सञ्चालन हुनेगरी निर्माण कार्यलाई तिव्रता दिइएको छ। भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्न्ती परियोजना अन्तर्गतको पहिलो चरणको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। प्राविधिकले कात्तिकमा रेल गुड्ने कुरा निश्चित भएको बताएका छन्।

पहिलो चरणमा भारतको जयनगरदेखि(कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका लागि अधिकांश प्राविधिक कार्य सम्पन्न भइसकेको र बाँकी रहेका कामलाई पनि तिव्रता दिइएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले जानकारी दिए।

अहिले कामको प्रगतिको कुरा गर्दा ३२ किलोमिटरमा ब्लाष्ट ओछ्याउने काम सम्पन्न भइसकेको छ भने ३ किलोमिटरमा काम बाँकी रहेको छ। त्यसैगरी स्लीपरको बीचमा ब्लाष्टलाई प्याकिङ गरेर राख्ने कामका लागि प्याकिङ मेशिन डेडोनेटर भारतको जयनगर आइसकेको त्यो आएपछि कामले तिब्रता पाउने ओझाको भनाइ छ।

रेल्वे ट्रयाक ओछ्याउने काम पनि ३२ किलोमिटरमा सम्पन्न भइसकेको र अत्याधुनिक मेशिनको प्रयोग गरी रेल्वेको ट्रयाकलाई स्लिपरसँग जोड्ने काम भइरहेको छ। ३५ किलोमिटर रेल गुड्ने बाटोमा पर्ने हल्ट लगाएर आठवटा रेल्वे स्टेशन भवन निर्माण काम सम्पन्न भइसकेको ओझाको भनाइ छ।

कात्तिकसम्ममा पहिलो चरणको रेल गुड्नका लागि कुनै प्रकारको अवरोध नहुने देखिएको छ। भारततर्फ पनि रेल्वेलाई भारतीय रेल्वेसँग जोड्ने काम भइरहेको छ। पहिलो चरणमा ३५ किलोमिटर, दोस्रो चरणमा २०१९ सम्म कुर्थादेखि भंगहासम्म र तेस्रो चरणमा बर्दिबाससम्म गरी जम्मा ६९ किलोमिटर ब्रोडगेज निर्माणको काम भइरहेको छ।

रेल सञ्जालको विस्तारका लागि नेपाल सरकार र भारत सरकारबीच २०१० मा द्विपक्षीय सम्झौता भएको थियो। सुरुवातमा भारत सरकारले भारतीय रुपैयाँ ५ अर्ब ३९ करोड रकम परियोजनाका लागि छुट्याए पनि पछि सो रकमलाई परिमार्जित गरेर सात अर्ब २० करोड भारु बनाएको छ।

सम्झौतामा उल्लेख भएअनुसार रेल निर्माणका लागि प्राविधिक तथा आर्थिक सहयोग भारत सरकारले गर्ने र जग्गा अधिग्रहण गरेर नेपाल सरकारले उपलब्ध गराउने उल्लेख थियो त्यसकै आधारमा २०११ माघ महिनादेखि निर्माण कार्य पनि थालिएको थियो। तर जग्गा अधिग्रहणलगायत विभिन्न समस्याका कारण २०१६ सम्ममा सम्पन्न हुनुपर्ने काम दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो।

चारवर्ष पूर्वसम्म चल्ने गरेको जयनगर(जनकपुर ५२ किलोमिटर न्यारोगेज रेलको गति २० देखि २५ किलोमिटर प्रतिघण्टा रहेको थियो। तर, ब्रोडगेज रेलको गति सय किलोमिटर प्रतिघण्टाको हुने बताइएको छ।आजको अन्नपुर्णमा खवर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु