अनशन तोडेपछि मात्र केसीका मागबारे छलफल गर्ने सरकारको अडान

काठमाडाैँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच आज पुनः दोस्रो चरणको वार्ता सुरु भएको छ। शिक्षा मन्त्रालय सिंहदरबारमा केही बेरअघि मात्र वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

डा. केसीका माग सम्बोधन गर्न गठित सरकारी समिति र केसी पक्षबीच हिजो भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः दोस्रो चरणको वार्ता आयोजना गरिएको हो।

पहिले केसीको अनशन तोडाएर मात्रै मागबारे छलफलमा जाने सरकार पक्षको जोड र संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता गराएपछि मात्रै अन्य विषयवस्तुमा प्रवेश गर्ने केसी पक्षको अडानका कारण वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

केसी पक्षले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ताको माग गरेको छ। आजको वार्तामा पनि यिनै विषयमा सहमति खोजिने डा. केसीका सहयोगी सुवेदीले बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु