विश्वकप फुटबलमा कसले कति पाए ?

एजेन्सी । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि जितेको फ्रान्सले उपाधिसँगै १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ। दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। यस्तै चौथो भएको इंल्याण्डले २२ मिलियन डलर पाएको छ।

क्वाटरफाइनलबाट बाहिरिने ४ वटा टिमले १६-१६ मिलियन डलरका दरले पुरस्कार पाउएका छन्। क्वार्टरफाइनलबाट बाहिरिनेमा उरूग्वे,ब्राजिल, रसिया र स्विडेन छन्।

यस्तै प्रिक्वाटरफाइनलबाट बाहिरिने ८ टिम (पोर्चुगल,अर्जेन्टिना, मेक्सिको, जापान, स्पेन, डेनमार्क, स्विटजरल्याण्ड र कोलम्बिया) ले १२-१२ मिलियन अमेरिकी डलरका दरले पाए। यस्तै समूह चरणबाट बाहिरिने १६ वटा टिमले ८-८ मिलियन डलर पाएका छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु