दिगम्बर झाले सरकारविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्धा फिर्ता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले सरकारविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्धा फिर्ता लिएका छन् । वर्तमान सरकारले गरेको नियुक्ति खारेजीमा अन्तरिम आदेश जारी भएको भोलिपल्टै मुद्दा फिर्ताको निवेदन दिएका झाको निवेदनमा आइतबार सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले फिर्ता हुने फैसला सुनाएको हो ।

असार २० गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि गरेका भन्दै सम्पूर्ण नियुक्ति बदर गर्ने निर्णय गरेको थियो । नियुक्ति खारेज गर्ने सरकारको निर्णय अनुचित भन्दै झाले गत बुधबार सरकार विरुद्ध रिट दायर गरेका थिए ।

बिहीबार सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्दै दुवै पक्षको छलफलका लागि सरकारी निकायलाई साउन ३ मा अदालत बोलाएको थियो । तर, झाले सरकार विरुद्ध आफूले प्रमाण पुर्‍याउन नसक्ने भन्दै शुक्रकार मुद्दा फिर्ता लिन निवेदन दिएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु