आयुष्मानसँग इन्गेजमेन्टपछि प्रियंकाले गरीन् अाफ्नो नाम परिवर्तन

काठमाडाैँ । अभिनेत्री प्रियङ्का र आयुष्मानले आफूले इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्। प्रियङ्काले आफ्नो फेसबुकमा खुशी प्रकट गर्दै आफूले आफ्नो नाम परिवर्तन गरेको पनि बताएकी छिन्। उनले आफ्नो नाम परिवर्तन गरेर ‘आयाङ्का’ राखेकी छन्।

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले शनिबार नितान्त पारिवारिक व्यक्तिहरुको माझ इन्गेजमेन्ट गरेका हुन्। आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केही तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएपछि मात्रै इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो।

आयुष्मानकी आमाले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन्। मिडियामा खुलेर यी दुईको विवाह हुने भएपछि धेरैले बधाई दिएका छन्।

प्रियंका र आयुष्मान झण्डै डेढ बर्ष प्रेममा थिए। प्रियंकाकी भाउजु समेत रहेकी पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मानको फोटो सेयर गर्दै बधाई दिएकी छिन्।

सार्वजनिक रुपमै आफ्नो प्रेम स्विकार गरेका उनीहरुको विवाह कहिले हुने भन्ने बारे खुलाइएको छैन। नायिका प्रियंका कार्कीले रोचक मैनालीसँगको पारपाचुके पश्चात आयुष्मानसँंग दोस्रो विवाह गर्न लागेकी हुन्। उनी आयुष्मान भन्दा उमेरले केही वर्षले जेठी छिन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु