सांसद कोमल वलीको घुस खान फकाउदै पशुपति शर्मा (भिडियोसहित)

काठमाडौं । सांसद कोमल वलीको सन्देश मुलक तीज गीत ‘माननीय ज्यू’ सार्वजनिक भएको छ । एउटा असल नेता र घुस खुवाउन खोज्ने विचको उत्कृष्ट भावलाई गीतले उठाएको छ । जनप्रतिनिधिले विभिन्न बहानामा घुस खान हुँदैन भन्ने सन्देश दिन खोजिएको गीतमा पशुपति शर्मा र कोमल वली आफैँले अभिनय गरेकी छिन ।

गायक पशुपति शर्मासँगको ड्युट गीतमा कोमल वलीले नेपाली राजनीतिका विकृत पक्षलाई व्यंग्य गर्दै आफूले गलत काम नगर्ने प्रतिबद्धता जनाएकी छिन् । आफूलाई घुस खुवाउन आउनेको भोट चहिदैन भन्दैन गीतमा उनले घुस खुवाउन खोज्ने पशुपति शर्मालाई जवाफ दिएकी छिन । गीत उनले शुक्रबार आफ्नै युट्युब च्यानलमा सार्वजनिक गरेकी छिन । यसअघिको तीजमा लास्टै चोटी हो भन्ने गीतमार्फत चर्चामा आएको यसपालीको यो जोडीको गीतले पनि चर्चा कमाउने अनुमान गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु