बानेश्वरलाई पूर्ण लागुपदार्थ निषेधित क्षेत्र बनाईने

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वर वृतको अग्रसरतामा टोल टोलमा प्रहरी अभिणन २०७५ शुभराम्भ भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मनोज नेउपानेले प्रहरी र नागरिकको सम्बन्ध नङ मासुको जस्तै हुनुपर्ने बताएका छन् ।

आज विहान महानगरीय प्रहरी वृत नयाँ बानेश्वरद्वारा शनिबार आयोजित टोल टोलमा प्रहरी अभियान कार्यक्रमको उद्घाटन गर्दै नायब महानिरीक्षक नेउपानेले उक्त कुरा बताएका हुन् । आफ्नो उद्घाटन मन्तव्य राख्दै डिआइजी न्यौपानेले प्रहरी सेवाको केन्द्रविन्दु जनता भएकोले अव प्रहरी वर्दिधारी नागरिक हुन भने नागरिक विना वर्दिको प्रहरी भएको बताएका थिए ।

त्यसैगरी महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विश्वराज पोख्रेलले आफ्नो मन्तव्यको क्रममा प्रहरीले यस अघि ल्याएको मुस्कान सहितको प्रहरी र प्रहरी मेरो साथी कार्यक्रमले जनतासँग नजिक बनाएको बताउँदै अवको टोल टोलमा प्रहरी कार्यक्रमले जनताले विगतमा प्रहरी प्रति गर्ने शंका र उपशंका समाप्त पार्ने बताए । साथै शान्ति सुरक्षाको लागि यहि नै अन्तिम कार्यक्रम हुने उहाँको ठम्मयाई छ ।

हजारौं जनताको उपस्थितीबाट हौसिएका एसएसपी पोख्रेलले आजको उपस्थितीले अपराध नियन्त्रण गर्नका लागि ऊर्जा थपिएको बताए । एसएसपी पोख्रेलको सिंगो नेपालकै जति लगभग जनता रहेको काठमाडौंको शान्ति सुरक्षा कायम गर्न चुनौती र कठिन भएको बताउदै अव जनता र प्रहरी सँगसँगै घर घरमा कोठा चोटामा हिडेर समाजका कसिंगरका रुपमा रहेको गुण्डागर्दी, अत्याचार, विकृती र विसंगती समाप्त पार्न लागीपर्ने बताए ।

जनताको सुरक्षाका लागि अहोरात्र खट्ने प्रहरीको खाने गाँस र बस्ने बाँस दयनिय भएको बताउँदै राज्यले प्रहरीलाई बलियो र प्रभावकारी बनाउन खालि समय सुत्ने र खाने समयमा खाने स्थान मात्रै भए पनि राम्रो बनाउनु पर्ने सुझाव दिएका थिए ।

काठमाडौंको सुरक्षासँग आफू लामो समय देखि जानकार भएको र आफ्नो पीडा लिएर आउने कैयौको समस्या सुन्दा आफू चिन्तित हुने गरेको एसएसपी पोख्रेलले बताए । उनले राजनीतिकर्मी प्रति इंकित गर्दै समाजमा प्रतिष्ठीत हुँ भन्नेहरुले पिडीतलाई झन पिडीत बनाएर पिडकको पक्षमा दबाव दिने गरेको बताएका थिए ।

उनले टोल टोलमा प्रहरी कार्यक्रमले अव नागरिक र प्रहरी एकै कित्तामा उभिएर देशको समृद्धिका बाधक गुण्डागर्दी, तस्कर, विसंगती, विकृती र भ्रष्टाचारीलाई अर्को कित्तामा राखी समाप्ती पार्न आवश्यक रहेको बताए ।

सामूदायीक प्रहरी ३२ वडाकी अध्यक्ष मनसरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद गणेश दुलाल, दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ्ग, पदम रेग्मी लगाएतका वक्ताले प्रहरीको यो कार्यक्रम प्रभावकारी हुने र आफूहरु प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका थिए ।

मिनभवनबाट डिआइजी मनोज नेउपानेले रिवन काटेर शुरु भएको प्रभातफेरी तिनकुने स्थित रायर ब्यान्क्वेटमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा त्यस भेगमा रहेका क्याम्पस, विद्यालयका विद्यार्थीका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु