डा. केसीको स्वास्थ्य अवस्था थप जटिल, स्वास्थ्य परीक्षण गर्न अस्वीकार

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको  स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । उनले  आफ्नो स्वास्थ्य परिक्षण गर्न अस्वीकार गरेका छन् ।  रगत परीक्षण गर्न गएका चिकित्सकहरुसँग भावुक हुँदै डा. केसीले आफ्नो स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेका हुन्  ।

डा. केसीले सत्याग्रह सुरु गरेको लामो समय वितिसक्दा पनि सरकारले चासो नदेखाएको र आफूले औपचारिक वार्ताका लागि पहल गरेको तीन दिन बितिसक्दा पनि सरकार वार्ताका लागि जिम्वेवार नबनेको भन्दै उनले स्वास्थ्य परिक्षण गर्न अस्वीकार गरेका हुन् ।

डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले जानकारी दिए । डा.रोकायाका अनुसार उनको शरीरमा अक्सिजनको मात्रा कम हुनुका साथै गुल्कोजको मात्रा न्यून रहेको र मस्तिष्कमा रक्तसञ्चार निकै कम छ  ।

Comments

comments

सम्बन्धित शिर्षकहरु